उपमहानगरपालिकाः १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ को बजेट

150

नेपालगन्ज– नेपालगन्ज उप-महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट नगर सभामा पेश गरेको छ । चालु आव २०७७/७८ मा नेपालगन्जको कुल बजेट एक अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाँको छ । त्यस्तै नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा अनुमानित भन्दा बढी व्यवसाय कर वृद्धि भए आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९/८० मा अनुदानको रुपमा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

Womui
Womui