राष्ट्रपति यादवद्वारा संविधान जारी गर्न सभाध्यक्ष नेम्वाङले दिएको निम्तो अस्वीकार

34

काठमाडौं, भदौ २९

राष्ट्रपति rambaran yadavराष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्न सभाध्यक्ष सुवास नेम्वाङले दिएको निम्तो अस्वीकार गरेका छन् । मधेस केन्द्रित दलबिनै संविधान जारी गर्न लागेको भन्दै असन्तुष्ट रहेका राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेर मात्र नेम्वाङलाई भेट्ने समय दिएका हुन् । ‘मैले संविधान जारी गर्ने समारोहको निम्ता दिएँ ।’ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीहरुसँग नेम्वाङले भने, ‘उहाँले चाँडै नै निर्णय गरेर जवाफ दिन्छु भन्नुभयो ।’  मंगलबार बिहान शितल निवास पुगेका नेम्वाङलाई राष्ट्रपति यादवले नयाँ संविधान हस्ताक्षर गरेर जारी गर्न आउने बारेमा चाँडै नै निर्णय गरेर जानकारी गराउने जवाफ दिएका थिए । नेम्वाङले सोमबार साँझ नै राष्ट्रपतिसँग भेट गर्न चाहेका थिए । तर राष्ट्रपतिले नेम्वाङसँग भेट गर्नुअघि प्रधानमन्त्री कोइरालासँग भेट्न चाहेकाले नेम्वाङले समय पाएनन् । स्रोतका अनुसार यादवले मधेसी दलको समर्थन बिनै संविधान जारी गर्न लागेकाले प्रक्रिया स्थगित गरी तत्काल वार्ता थाल्न सुझाव दिएका थिए । राष्ट्रपति यादवले मधेस केन्द्रित दलहरु बिनै संविधान जारी गर्न लागेको भन्दै शीर्ष नेतालाई बोलाएर सबै पक्षको सहमति बिना संविधान पारित नगरे हस्ताक्षरसमेत नगर्ने चेतावनी दिँदै आएका छन् ।

Womui
Womui