इन्स्पाइरिङ युथको २१४औं श्रृंखलाः सर्पको टोकाइबाट कसरी बच्ने ?

314

नेपालगन्ज– बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २१४औं श्रृंखलामा सर्प दंशको रोकथामका विषयमा डा. कृष्ण आचार्यले जानकारी गराएका छन् । बर्षातको समय सुरु भएसँगै तराईका जिल्लामा सर्पको बिगबिगी बढ्दै गएको अवस्थामा सर्पको टोकाइबाट कसरी बच्ने, सर्पले टोकेमा के गर्ने, विषालु र अविषालु सर्पलाई कसरी पहिचान गर्ने लगायतका विषयमा डा. आचार्यले जानकारी गराएका थिए ।

कोभिडका कारण लकडाउनमा रहेको अवस्थामा जुमको माध्यमबाट गरिएको कार्यक्रममा सहभागीहरुले सर्पदंशका विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए जसको अवाफ कार्यक्रमका मुख्य वक्ता डा. आचार्यले दिएका थिए । कार्यक्रमको सहजीकरण बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बासको आयोजना तथा ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको सहकार्यमा हरेक हप्ताको शुक्रबार ३ बजेदेखि ४ बजेसम्म १ घण्टा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

Womui
Womui