पत्रकारलाई मानवअधिकार तालिम

127

नेपालगन्ज–पत्रकारहरुका लागि मानवअधिकारका विषयमा एक दिने भर्चुअल तालिम नेपालगन्जमा गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज शनिबार भर्चुअल अनलाईन तालिम गरेको हो ।

तालिममा मानवअधिकार, अवधारणा, सिद्धान्तका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कार्यान्वयनको फ्रेमवर्कका बारेमा कानुनविद अधिवक्ता मोहनलाल आचार्य र मानवअधिकारका सवालको पहिचान, रिर्पोटिङ र पत्रकारहरुको भूमिकाका बारेमा वरिष्ठ पत्रकार धमेन्द्र झाले सहजीकरण गरेका थिए । तालिम पश्चात् सहभागी पत्रकारहरुले मानवअधिकार सवालको पहिचान तथा त्यस अन्र्तगतका विषय बस्तुहरुमा रिपोर्टिङ गर्ने विश्वास लिइएको छ ।

तालिममा बाँके र बर्दिया जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब दुई दर्जन सक्रिय पत्रकारहरुको सहभागिता थियो । कोभिड–१९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाइनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले तालिमको विषयबस्तु तथा उद्देश्यबारे जानकारी गराएका थिए भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

Womui
Womui