वातावरण दिवसमा वृक्षारोपण महाअभियान

138

नेपालगन्ज–विश्व वातावरण दिवसको अवसरमा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझा चौकमा रहेको सद्भाव बाटिकामा वृक्षारोपण र सरसफाइ गरिएको छ । नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ अभियानको मुख्य आयोजना, बास नेपालको सहसंयोजन र विभिन्न संघ संस्थाको सहकार्यमा भएको देशव्यापी बृह्त् वृक्षारोपण महाअभियान अन्तर्गत उक्त वृक्षारोपण गरिएको हो ।

सद्भाव बाटिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिव शिवकुमार बर्मा, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, सहजकर्ता शोभा थापा मगरलगायत वडाका पदाधिकारी सहभागी भई बाटिकाको सरसफाइ गर्नुका साथै बाटिकामा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रम वन डिभिजन कार्यालय नेपालगन्जको समन्वयमा गरिएको थियो ।


महाअभियान अन्तर्गत देशभर नै विभिन्न संघसंस्था तथा व्यक्तिहरुको अगुवाइमा वृक्षारोपण भइरहेको छ । बासले देशभरिका जिल्ला शाखा, उपशाखा तथा सदस्यलाई आपूmलाई पायक पर्ने स्थानमा वृक्षारोपण गर्न यस अगाडि नै सर्कुलर गरेको थियो ।

Womui
Womui