प्रहरीको राशन भत्ता वृद्धि, कर्मचारीको दुई हजार रुपैयाँ तलब बढ्यो

405

नेपालगन्ज– नेपाल प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । त्यस्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको जानकारी दिए ।

हाल दिइरहेको महँगी भत्तालाई यथावत राख्दै सबै कर्मचारीको तलब मासिक २ हजारले साउन १ गतेबाट लागू हुने गरी बढाइएको अर्थमन्त्री पौडेलले बताए । कर्मचारीलाई १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

Womui
Womui