उच्च शिक्षा अध्ययनका लागि २५ लाख ऋण, ल्यापटप किन्न ८० हजार, सिमकार्ड निःशुल्क

403

काठमाडौं– सरकारले स्नातक तहभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ । अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिने शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताए । ऋण लिने स्नातक तहभन्दा माथि अध्ययन गर्ने हुनु पर्ने छ ।

त्यस्तै सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा समेत दिने भएको छ । एक प्रतिशतसम्म ब्याज लाग्ने गरी २ वर्षसम्मका लागि कर्जा स्वरुप एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म दिने बजेट भाषण मार्फत अर्थमन्त्री पौडेलले बताए।

त्यसैगरी,  १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निस्शुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताए।

Womui
Womui