साउन १ बाट ज्येष्ठ नागरिक भत्ता ४ हजार

455

काठमाडौं– प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले सिफारिसमा राष्ट्रपतिले बजेटसँग सम्बन्धित तीन अध्यादेश समेत जारी गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।

सोही क्रममा सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको घोषणा गरेका छन् ।

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

Womui
Womui