झापाका तीन चर्चमा बम

45
झापा, भदौ २९
जिल्लाको छुट्टा छुट्टै स्थानमा रहेका तीन वटा चर्चमा एक अज्ञात समूहले  बम राखेका छन् । उक्त बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको हो ।  तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  गौरादहको बम अहिलेसम्म निष्क्रिय नभएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए। दमकको चर्चमा राखिएको बम गएराति ११:३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति भने भएको छैन । त्यस्तै सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा आज बिहान ७ बजेर ४०  मिनेटमा भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भएका थिए । उनीहरुलाई उपचारार्थ  बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। बम कसले राखेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।
Womui
Womui