संविधानको ४ भाग र ५७ धारा पारित, अर्को बैठक भोलि १० बजे

37

काठमाडौं, भदौ २८

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को ४ भाग र ५७ धारा पारित गरेको छ। सोमबार तीन पटक (बिहान ११, दिउँसो साढे २ र साँझ ५ बजे) बैठक बसेको थियो। यसअघि हिजोको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो। संविधानको विधेयकमा ३०२ धारा र ९ अनुसूची छन्। त्यस्तै संविधान सभाको परिमार्जित विधेयकमा मतदान भोलि १० बजेदेखि हुनेछ ।

Womui
Womui