‘आयल निगम’को ट्याङ्करमा २१८ केजी गाँजा भेटियो

126

बारा– जिल्लास्थित जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ बा६ २१८ किलो गाँजासहित नेपाल आयल निगम लेखिएकोको ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा प्रहरीले ना४ख २९७९ नम्बरको ट्यांकरसहित चालक र सहचालकलाई बुधबार दिउँसो १ बजे पथलैयाको एक ग्यारेजबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्यांकरका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ का ३३ वर्षीय घनश्याम गिरी र सह-चालक चितवन खैरहनी नगरपालिका-२ का राजकुमार दवाडी रहेका छन्।

उक्त ट्यांकर भारतको बलौरीमा डिजेल लिन भनी काठमाडौंबाट हिँडेको बारा प्रहरीले जनाएको छ । ग्यारेजमा रोकेर राखिएको ट्यांकर चेकजाँचका क्रममा प्लाष्टिकको पोकामा राखिएको गाँजा बरामद भएको हो ।

Womui
Womui