रुपन्देहीको निषेधाज्ञा २० गतेसम्म

209

बुटवल– रुपन्देहीमा जारी निषेधाज्ञाको अवधि बढाएर जेठ २० गतेसम्म तोकिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले सिफारिस गरे अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर मानिसहरु जम्मा हुन, भेला, सभा सम्मेलन आदि गर्न निषेध गरिएको छ । घरमा गरिने नृत्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन, ईन्धन,एम्बुलेन्स, औषधीका सवारी साधन तथा सेवा भने सुचारु हुनेछन् ।

Womui
Womui