क्षतिपूर्तिको माग गर्दै महेन्द्रराजमार्ग अवरुद्ध

162

नेपालगन्ज–सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने भन्दै महेन्द्रराजमार्ग अवरुद्ध गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित अगैया निवासी ५२ वर्षीय कृष्ण कुमालको मंगलबार दाङतर्फ गइरहेको ना४ख ८०६८ नम्बरको ट्रकले ठक्कर दिँदा उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
कुमालको मृत्यु भइसकेपछि सहमति गर्ने भन्दै दाङबाट मंगलबार समितिका मान्छे आएर क्षतिपूर्ति दिने भन्दै गए पनि अहिलेसम्म सम्पर्कमा नआएको र मोबाइल पनि स्वीच अफ गरेकाले ३ घण्टादेखि चक्का जाम गर्नु परेको स्थानीय तीर्थ डाँगीले बताए ।

राजमार्ग अवरुद्ध गरिए पनि अत्यावश्यक कामले हिँडेका गाडी र एम्बुलेन्सलाई भने गतव्यमा जान दिएको डाँगीले बताए । अहिले उक्त स्थानमा कोहलपुर इलाका प्रहरी कार्यालयबाट डिएसपी रविन्द्र खनालको नेतृत्वमा प्रहरी त्यहाँ पुगेको छ । दुवै पक्षलाई राखेर सहमति गराउने सर्तमा प्रहरीले चक्काजाम खोल्न आग्रह गरेको डाँगीले बताए ।
पीडित पक्षले क्षतिपूर्तिबापत ८ लाख रुपैयाँ माग गरेका छन् भने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Womui
Womui