जेसीबीलाई ट्रकले ठक्कर दिँदा चालकको मृत्यु

192
तस्बिरः सामाजिक सञ्जाल ।

नेपालगन्ज– ट्रकले जेसीबीलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। घटना पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी– २ सुखार खोलामा बुधबार घटेको हो।

कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको रा१क ७५२ नम्बरको जेसीबीलाई सोही दिशाबाट जाँदै गरेको ना६ख १७२१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा जेसीबी चालक राप्ती सोनारी– ४ का बलबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको छ । ट्रकको ठक्करबाट जेसीबी सुखार खोला पुलबाट तल खसेको थियो ।

जेसीबीका सहचालक राप्ती सोनारी ५ का हेमराज बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतको टाउको र खुट्टामा गहिरो चोट लागेको र उनलाई उपचारका लागि वेस्टर्न अस्पताल नेपालगन्ज ल्याइएको छ भने  मृतकको शव पनि पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएको स्थानीय सम्राट घर्तीमगरले जानकारी दिए ।

Womui
Womui