नवलपरासीमा निषेधाज्ञा थपियो

36

नवलपरासी, भदौ २८

नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा समयावधि थपिएपछि अब त्यहाँ ३१ गते राति १० बजेसम्म निषेधाज्ञा रहने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । अहिलेसम्म निषेधाज्ञा अवधि पाँचपटक थपिएको छ ।स्थानीय प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ । स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रको समयावधि थप गरेको हो । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुँदै आएका छन् ।

Womui
Womui