१०० पेटी पानी सहयोग

132

नेपालगन्ज– कोभिड संक्रमणको महामारीमा स्वच्छ खानेपानीको व्यवस्थापनका लागि नेपालगन्जमा संचालित वाटर बैंकलाई पानी हस्तान्तरण गरिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र र नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रको संयुक्त सहयोगमा वाटर बैंकलाई एक सय पेटी पानी उपलब्ध गराइएको छ । नेपालगन्ज काँरकादोस्थित वाटर बैंकका ललित रौनियारलाई उक्त पानी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा अभियन्ता विश्वजीत तिवारी, बलबहादुर चन्द्र, सामजसेवी ओम नारायण शाह, नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रका अध्यक्ष धर्मवीर कहारलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui