विरगन्ज प्रहरीद्वारा समाचार संकलनमा रोक

26

विरगन्ज, भदौ २८

विरगन्जमा स्थानीय प्रशासनले समाचार संकलनमा रोक लगाएको छ । संघीय मधेसी मोर्चाका कार्यकर्ताहरु माइस्थानमा शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेपछि प्रहरीले हस्तक्षेप गर्दै धर्नामा बसेकालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । तत् सम्बन्धी समाचार संकलन गर्न त्यहाँ पुगेका सञ्चारकर्मीलाई प्रहरीले रोक लगाएको हो ।

पत्रकारलाई फोटो खिच्न र भिडियो लिन रोक लगाइएको थियो भने कतिजनालाई पक्राउ गरिएको भन्ने विषयमा समेत प्रहरीले जानकारी दिन अस्वीकार गरेको थियो । समाचार संकलनमा रोक लगाईएको विषयमा पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साहले प्रहरी उपरीक्षक दिवेश लोहनीसँग फोनमा सम्पर्क गर्दा माथिको आदेश छ अहिले आन्दोलनकारीलाई भेट्न मिल्दैन भन्ने जवाफ दिएका थिए।

 नेताहरु पक्राउ परेको विषयमा सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाई स्थानीय प्रशासनले स्वतन्त्र प्रेसमाथि ठाडो हस्तक्षेप गरेको उपाध्यक्ष साहले बताए। उक्त विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले एसपीले नै जवाफ दिने भन्दै पन्छिए। धर्नामा सहभागी ४ जना महिलासहित करिब ३० जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाका नेता प्रेमबाबु पटेलले  जानकारी दिए ।
Womui
Womui