हिन्दू राष्ट्र माग गर्दै निषेधित क्षेत्र तोड्न खोज्दा झडप

35

काठमाडौं, भदौ २८

संविधानसभा भवन अगाडि हिन्दू राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको हिन्दू राष्ट्र महाअभियान र कमल नयनाचार्यको समूहले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो। जुलुसले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै पानीको फोहोरा हानेको थियो। साथै लाठी चार्जसमेत गरेको छ । यसैबीच प्रदर्शनकारीले राष्ट्रंसंघको एक गाडीमा तोडफोड गरेका छन् ।

Womui
Womui