बाँकेका पत्रकारलाई स्वास्थ्य सामाग्री

67
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दैै युवा व्यवसायी विवेक राजभण्डारी ।

नेपालगन्ज- समाजसेवी एवम् युवा ब्यवसायी विवेक राजभण्डारीले नेपाल प्रेस युनियन बाँकेलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । बाँकेका पत्रकारलाई वितरण गर्न उक्त सामाग्री युनियनलाई हस्तान्तरण गरिएको हो ।

समाजसेवी एवम् युवा ब्यवसायी राजभण्डारीले प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलाई मंगलबार एक सय थान ‘एन–९५’ मास्क र ४० थान ह्याण्ड स्यानिटाइजर हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री प्राप्त गरेपछि युनियनका अध्यक्ष ओलीले अप्ठ्यारो परिस्थितीमा पनि पत्रकारलाई सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । समाजसेवी राजभण्डारीले यसअघि नेपाल पत्रकार महासंघ बाँकेलाई पनि माक्स र स्यानिटाइजर सहयोग गरेका थिए ।

महामारीमा जोखिम मोलेर पत्रकारले समाचार संकलन गरिरहेको देखेर स्वास्थ्य सामाग्री सहयोग गरेको समाजसेवी राजभण्डारीले बताए । उनले भने, ‘महामारीमा जोखिम मोलेर पत्रकारले आफ्नो पेशागत दायित्व निभाईरहेका छन्, तर सरकारी निकायबाट पत्रकारलाई कतै सहयोग गरेको सुनिदैन, कोरोना महामारीको हटस्पट भएको बाँकेका पत्रकारलाई मैले स्वास्थ्य सामाग्री सहयोग गरेको हुँ ।’ महामारीको जोखिममा रहेका सुरक्षाकर्मीलाई पनि उनले ब्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका छन् । प्रेस युनियन बाँकेलाई केहीदिन अघि नेपाली कांग्रेस बाँकेले पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । युनियनलाई सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामाग्रीलाई जोखिमपुर्ण रिपोर्टिङ गरिरहेका बाँकेका पत्रकारहरुलाई वितरण गरिने युनियन बाँकेका सचिव विजय मल्लले बताएका छन् । ‘सहयोग स्वरुप हामीलाई प्राप्त भएको सामाग्री हामी स्वास्थ्य मापदण्ड अपनाएर रिर्पोटिङ खटिरहेका पत्रकारहरुलाई वितरण गर्नेछौं,’ उनले भने ।

Womui
Womui