नरैनापुरद्वारा इद उल फितरको शुभकामना

108

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसुद अहमद शाहले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फितर २०७८ को शुभकामना दिएका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै शाहले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोरोत्तर प्रगतिको लागि भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

कोरोना भाइरस का कारण चाडपर्व खुला र भव्य रूपमा मनाउन सम्भव नभएको भन्दै शाहले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहेर पर्व मनाउन अपिलसमेत गरेका छन् ।

Womui
Womui