राप्तीसोनारीमा अक्सिनसहितको आइसोलेसन सञ्चालन

54

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ । ‘अक्सिजनसहितको वेडको व्यवस्थापन गरी सञ्चालनमा ल्याएका छौं,’ राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने –‘राप्तीसोनारी ३ मा १५ शैया, २ मा १५ शैया, वडा नम्बर ६ शहीद स्मारक भवनमा १० शैया र राप्तीसोनारी अस्पतालमा ५ शैयाको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याएका छौं ।’ अध्यक्ष लाहुराम थारुका अनुसार आवश्यता अनुसार एक सय बेडको आइसोलेसन बनाउने तयारीमा रहेको जानकारी दिए ।

गाउँपालिकामा कोरोना भाइरसलाई फैल्न नदिनका लागि आवश्यकता अनुसार आइसोलेसनमा स्वास्थ्यकर्मी खटाइएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । प्रमुख शाहीका अनुसार गाउँपालिकामा कोरोना महामारीलाई निस्तेज गर्ने उद्देश्यले सबै स्वास्थ्यकर्मीलाई फिल्डमा खटाइएको जानकारी दिए । प्रमुख शाहीका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न गाउँपालिकाका स्वास्थ्य शाखाबाट सूचना जारी गरिएको र कदमकदाचित कोरोना संक्रमित हुनेलाई गाउँपालिकामा निर्मित आइसोलेसनमा लैजाने उचित व्यवस्था गरिएको जानकारी दिए ।

कोरोनाबाट संक्रमित भई होम आइसोलेसनमा बसेका अध्यक्ष थारुले गाउँपालिकावासीका लागि आवश्यक अक्सिजन, औसधि तथा स्वास्थ्यकर्मीको निगरानीमा रहने गरी आइसोलेसन तयार गरिएको जानकारी दिए । उनले उच्च मनोबलका साथ स्वास्थ्य मापदण्ड पूरा गरे कोरोना भाइरसलाई सहजै परारस्त गर्न सकिने भएकाले जोसुकैका लागि नदेखिने र विश्वास गर्न नसकिने भाइरस भएकाले यसलाई गम्भीरता पूर्वक लिन गाउँपालिकावासीमा अनुरोध गरेका छन् ।

अध्यक्ष थारुले गाउँपालिकावासीलाई सकभर घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए माक्सको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन आग्रह गरेका छन् । कुनै एकले गरेको गल्तीको सजाय सम्पूर्ण समुदायले नै व्यहोर्नु पर्ने भएकाले यस संवेदनशील परिस्थितिमा आफू पनि बच्ने र अरुलाई बचाउँदै एकअर्काको आवश्यकतामा सबैले हातेमालो गर्नु पर्नेमा अध्यक्ष थारुले जोड दिए ।

Womui
Womui