कोरोना संक्रमणले संविधान सभा सदस्य सिद्दिकीको निधन

47

नेपालगन्ज–कोरोना संक्रमणले नेपालगन्ज वडा नम्बर ३ निवासी संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि भेरी अस्पतालमा उपचार गराइरहेकी सिद्दिकीको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । ६२ वर्षीया सिद्दिकी फातिमा फाउन्डेसनको अध्यक्ष एवम् गैर सरकारी संस्था महासंघ नेपाल बाँकेको सल्लाहकारसमेत हुन् ।
सिद्दिकीको मृत्यु भएसँगै समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण बाँकेमा आठ जनाको ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोलपर्शन तेज ओलीका अनुसार बितेको २४ घण्टामा बाँकेमा उपचाररत आठ जना संक्रमितको मृत्यु भएको हो । यसरी ज्यान गुमाउनेमा जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो । यसैैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक(एकलैनी) निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएकोछ । फोकल पर्शन ओलीकाअनुसार शनिबार विहान भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार अर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको फोकल पर्शन ओलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । भने बाँके बाहिरका १०० जनाको मृत्यु भइसकेकोछ । भेरी अस्पतालमा गरिएको पीसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ को नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।

Womui
Womui