नरैनापुरका वडा कार्यालय २१ गतेसम्म बन्द

62

नेपालगन्ज– नरैनापुर गाउँपालिकाका सम्पूर्ण वडा कार्यालय आगामी वैशाख २१ गतेसम्मका लागि पूर्णरुपमा बन्द हुने भएका छन् । वैशाख ९ र १० गते गरिएको एन्टीजेन परीक्षणमा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना देखिएपछि गाउँपालिकाका वडा कार्यालय बन्द गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादवका अनुसार एकजना वडा अध्यक्ष, दुई जना वडा सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शनिबार कोभिड–१९ समन्वय समिति र नरैनापुर गाउँपालिकाको बैठकले भोलि (आइतबार)देखि वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका सबै सेवाहरुलाई पूर्ण रुपमा बन्द गरिने निर्णय भएको अधिकृत यादवले बताए । यस अवधिमा कन्ट्रयाक्ट टे«सिङ, सीमाको आवतजावत, आइसोलेसन व्यवस्थापन लगायतका कार्य हुने गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले जानकारी दिए । गाउँपालिकाको कार्यालय र स्वास्थ्य शाखा खुला रहने भएकाले कर्मचारी कार्यविभाजन अनुसार उपस्थिति गराएर सेवा दिइने अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले सबैले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, साबुन पानीले बारम्बार हात धुन, सामाजिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सावधानी नियमित रुपमा अपनाउनु गाउँपालिकावासीमा अनुरोध गरेका छन् ।

Womui
Womui