मधेसको आन्दोलन राजनीतिक होइनः गृहमन्त्री

32

काठमाडौं, भदौ २७

bamdevगृह मन्त्री बामदेव गौतमले मधेसमा भइरहेको आन्दोलन राजनीतिक नभएको बताएका छन् । उनले मधेसी आन्दोलनमा राज्यपक्षबाट दमन भएको भन्दै ध्यानाकर्षण गराउन गएका मधेसबाट प्रतिनिधित्व गर्ने एमाओवादी सभासदहरु समक्ष मधेसको आन्दोलन राजनीतिक नभएको बताएका हुन् ।

गृह मन्त्री गौतमलाई प्रमुख सचेतक गिरिराजमणी पोख्रेल, प्रभु साह लगायतका सभासदहरु आइतबार प्रधामन्त्रीलाई भेटेपछि भेट्न पुगेका थिए । उनीहरुले मधेसमा राज्यपक्षबाट दमन भएको भन्दै राजनीतिक रुपमा समस्याको समाधान खोज्न माग गरेपछि गृहमन्त्री गौतमले त्यसको प्रतिवाद गर्दै टीकापुर, महोत्तरीलगायतका जिल्लाको घटनाको उदाहरण दिँदै मधेसमा भएको आन्दोलन राजनीतिक नभएको बताएका थिए । सभासद प्रभु साहले भने गृहमन्त्रीले बल प्रयोग गरेरै ठीक हुन्छ भन्नेजस्तो कुरा गरेको बताए । एमाओवादी सभासदहरुले कैलाली र महोत्तरी घटना दुःखद भएको भन्दै त्यसको प्रतिशोध अन्यत्रका जिल्लाका सर्वसाधारणसँग लिन नहुने बताउँदै अहिले भइरहेको घटनामा सुरक्षाकर्मीले निहत्था, सर्वसाधारणमाथि समेत गोली चलाएको र धेरैको छातीभन्दा माथि गोली लागेको सुनाएका थिए । उनीहरुले सेना फिर्ता लिन, कर्फ्यू हटाउन र संवादबाटै समाधान खोज्न गृहमन्त्री समक्ष आग्रह गरेपछि गृहमन्त्री गौतमले कर्फ्यू हटाइने, सेना पनि फिर्ता लिइने तर मधेसमा भएको सबै घटनाको जिम्मेवारी आन्दोलनरत दलले लिनु पर्ने बताएका थिए।

यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटेर एमाओवादी सभासदहरुले सैन्य समाधान नभई राजनीतिक समाधान खोज्न आग्रह गरेका थिए । एमाओवादी सभासदरुका अनुसार दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता लिन, सेना फिर्ता गर्न, कर्फ्यू हटाउन र पक्राउ परेकाहरुलाई रिहा गर्नप्रधानमन्त्री सकारात्मक देखिएका थिए ।

Womui
Womui