आन्दोलनकारीको गोली लागि सशस्त्र प्रहरी जवान घाइते

40

सिराहा, भदौ २७

जिल्लाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि गोली चलाउँदा एक प्रहरी जवान घाइते भएका छन् । उक्त गोली लागेर सशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राई घाइते भएका हुन् ।  उनको दाँहिने पाखुरामा गोली लागेको छ भने उनको स्थानीय क्लिनिकमा उपचार गरिएको छ । बन्दकर्ताले रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि राजमार्ग खुलाउन प्रहरी पुगेलगत्तै लुकेर बसेको समूहले प्रहरीमाथि गोली चलाएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेले जानकारी दिए । बिकेका अनुसार प्रहरीलाई लक्षित गरी दुई राउण्ड गोली चलाएका थिए भने प्रहरीले चार राउण्ड फायर गरेको थियो ।

Womui
Womui