सशस्त्र प्रहरी सुडानको शान्ति मिसनमा उत्कृष्ट

221


छिनछिन खबर
काठमाडौं–
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दक्षिणी सुडानको जुवामा तैनाथ सशस्त्र प्रहरीको बल उत्कृष्ट भएको छ । विभिन्न देशका छवटा युनिटलाई उछिन्दै नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको हो ।

हाल दक्षिण सुडानमा सशस्त्रका २, रुवान्डाका ३ र घानाको १ युनिट छन् । उक्त युनिटका कमाण्डिङ अफिसरका रूपमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपाने छन् । मिसनमा प्रत्येक विधामा अधिकतम चार–चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइन्छ । उक्त परीक्षण तथा मूल्यांकनमा सशस्त्रले ३२ अंक ल्याएको थिय‍ो । २०७६ माघदेखि दक्षिणी सुडानमा सशस्त्र प्रहरीको टोली खटिँदै आएको छ ।

Womui
Womui