कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. मंगल रावल नियुक्त

38


छिनछिन खबर
काठमाडौं
–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मंगल रावललाई नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद खाली भएको थियो ।

प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले रावललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको बताइएको छ । चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एसोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकका रूपमा कार्यरत छन् । रासस

Womui
Womui