मोर्चाका कार्यकर्ताले म्याजिक भ्यानमा आगो लगाए

42
विराटनगर, भदौ २७
तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा आइतबार बिहान एक म्याजिक भ्यानका चालकलाई कुटपिट गर्दै भ्यानमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेका हुन् । यहाँ बन्दले विद्युतीय रिक्सा र टेम्पो मात्र सञ्चालनमा आए पनि  उद्योगधन्दा, कलकारखानालगायत बजार पूर्ण रुपमा बन्द छन्।
Womui
Womui