माटोबारे जानकारी दिने डिजिटल ‘सोइल म्याप’ सार्वजनिक

97


छिनछिन खबर
काठमाडौं
–माटोबारे जानकारी दिने डिजिटल ‘सोइल म्याप’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यापको उदघाट्न गरे । कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीका अनुसार दक्षिण एसियामै पहिलो पटक यस प्रकारको प्राविधिक प्रयोग नेपालमा ल्याइएको हो । माटो व्यवस्थापनको लागि उक्त डिजिटल म्याप कोसेढुंगाको रूपमा रहेको उनले बताए ।

नेपाल कृषि अनुसन्धान प्रतिष्ठानका प्रमुख दिपक भण्डारीले म्यापको प्रयोग उदाहरणीय भएको बताए । उनले म्यापलाई मोबाइल एपबाटै पनि प्रयोगमा ल्याउने योजनामा रहेको जानकारी दिए । कृषि मन्त्री पदमा अर्यालले म्यापको उपयोगिताले सहज हुने बताइन् । नेपालका लागि युएस एडकी मिसन प्रमुख सेपिडे केभानसाडले यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताइन् । युएस एड नेपालको आर्थिक सहयोगमा अनुसन्धान संचालनमा भएको थियो

Womui
Womui