नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक पक्राउ

42

नेपालगन्ज/ बाँके प्रहरीले अवैध रुपमा दश लाख रुपैयाँ भारतीय रुपैयाँ ल्याउँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ । दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले दश लाख भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका खान पितलको धुलो खरिद बिक्री गर्ने व्यापारी रहेको र नेपालमा पित्तलको धुलो खरिद गर्न आएको बुझिएको छ । खानले सात लाख पचास हजार रुपैयाँ दिल्लीका तामा व्यपारी हुसनुर सहनवाज बाट तामारपितल ल्याई दिन्छु भनि लिएर आएका थिए । त्यस्तै एक लाख पचास हजार रुपैयाँ आफ्नै र एक लाख रुपैयाँ साला नाता पर्नेसँग सापटी ल्याएको अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले बताए । खानविरुद्ध विदेशी विनिमय ऐन २०१९ को दफा १७ बमोजिम बरामद रकम जफत गरी १० लाखदेखि ३० लाखसम्म जरिवाना हुन सक्ने बाँके प्रहरीले बतायो ।

Womui
Womui