किशोरी बलात्कार आरोपमा एक पक्राउ

180

धनगढी–१५  वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । सुखडको चुरे गाउँपालिका–४ का ४० वर्षीय नरेश देउवालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । देउवाले बालिकालाई ललाइफकाइ गरेर होटलमा लगी जबरजस्ती करणी गरेका थिए । प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।

Womui
Womui