हिन्दूराज्यको समर्थनमा फागुन ४ गते बाँकेमा मोटरसाइकल र्‍याली

57

नेपालगन्ज– हिन्दूराज्यको समर्थन गर्दै राजसंस्थावादी समूहले मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएका छन् । राष्ट्रवादी विकासशील अभियानले समर्थन गरेको र्‍याली आगामी ४ गते गरिँदै छ । प्रदर्शनमा विभिन्न हिन्दू धार्मिक संगठन, राजाप्रति आस्था राख्ने र राष्ट्रवादी युवाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

र्‍यालीमा चन्द्र सूर्य अङ्कित झन्डा बोकेका मोटरसाइकल तथा कारलाई समावेश गरिने राष्ट्रवादी विकासशील अभियान बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य अशोक थापाले बताए । हाम्रो देश मुलुकभित्रैका तत्वहरुले देश जर्जर पारेको बताउँदै थापाले भने, ‘बडा महाराजधिराज पृथ्वी नारायण शाहले एकीकरण गर्दा भन्नु भएको थियो–विदेशी ब्वासोहरुले देशलाई जर्जर बनाउँछन् । तर अहिले नेपालभित्रकै ब्वासोहरुले देश सिद्धाई सकेका छन्।’

Womui
Womui