पैसा लिएर बलात्कार गर्न सघाउने महिला र युवक पक्राउ

125

जनकपुरधाम– १३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक र बलात्कारमा सघाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो कोठामा बोलाई पैसा लिएर जवरजस्ती करणी गराउने महिलासहित युवक पक्राउ परेका हुन्।
धनुषाको लक्ष्मिनिया गाउँपालिकामा डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घर मालिककी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जवरजस्ती करणी गराएको र सोही क्रममा बालिका गर्भवती भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकारमार्फत् जानकारी दिएका छन्।
असार महिनादेखि कात्तिक महिनासम्म यादवसँग पैसा लिएर जवरजस्ती करणी गराएको खातुनले बयान दिएकी छिन् भने सोही क्रममा बालिका गर्भवती भएकी छिन् । बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए।

Womui
Womui