अवधी पत्रकारहरुको भेला तथा प्रशिक्षणको तयारी पूरा

181

नेपालगन्ज– अवधी भाषी पत्रकारको फागुन १ गते –भोलि) शनिबार हुने भेला र प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको छ । अवधी भाषी पत्रकारको छाता संगठनको रूपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँके डुडुवा गाउँपालिका कम्दी कम्मरशाह बाबा मजारमा भेलाको आयोजना गरिएको हो ।
भेला तथा प्रशिक्षणमा बाँकेका सम्पूर्ण अवधी पत्रकार तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बताए । केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यालय भवन निर्माणको पहलका विषयमा छलफल र पत्रकार आचारसंहिता तथा पत्रकारिताका विषयमा प्रशिक्षण समेत दिइने छ ।
त्यस अवसरमा वनभोज कार्यक्रमसँगै मनोरञ्जनका क्रियाकलाप समेत राखिएको भेला तयारी समितिका संयोजक तथा जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताए । उनले बिहान १० बजे सुरु हुने कार्यक्रमका लागि सम्पूर्ण अवधी पत्रकारलाई सहभागिताका लागि आग्रहसमेत गरेका छन् ।

Womui
Womui