एफसीले उचाल्यो योगिनी भलिबल उपाधि

170

नेपालगन्ज–खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसी स्टारले उचालेको छ । फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई हराउँदै एफसिले उपाधि उचालेको हो । फाइनलमा एफसिले धु्रवतरालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो ।

एफसी र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसीविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएता पनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो । विजेता बनेको एफसीले नगद २१ हजारसहित ट्रफी प्राप्त गर्‍यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु पर्‍यो ।

खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । साथै खेलमा बेष्ट ब्लकर एफसीका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसीका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, वेष्ट सर्भर न्यू जागृतिका किरण बुढाथोकी र बेष्ट सेटर एफसीका भरत विक भए । सेमिफाइनलमा एफसीले न्यू जागृति युवा क्लबलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो भने ध्रुवताराले मुस्काल क्लबलाई अहराएको थियो ।

रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितमा संजय स्मृति प्रतिष्ठानको प्रायोजन र न्यू एभरेष्ट डिस्लरीले सह–प्रायोजन गरेको थियो । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।

Womui
Womui