भरुवा बन्दूकसहित ९ पक्राउ

129

नेपालगञ्ज– भरुवा बन्दूकसहित ९ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सल्यान कालमाटी गाउपालिका वडा नं ३ का भीमबहादुर खनाल, वडा नम्बर २ का देवप्रसाद थापा, धनबहादुर डाँगी, तिलक डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कुमार थापा र रत्नलाल मगर रहेका छन् ।

निकुञ्ज क्षेत्रभित्रको विभिन्न स्थानमा राखिएको सिसी क्यामेरामा बन्दूक बोकेर हिँडेको दृश्य देखिएपछि सल्यानस्थित कालिमाटी क्षेत्रमा निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त गस्तीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । निकुञ्जले उनीहरुलाई सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ बाट पक्राउ गरेको जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

Womui
Womui