भ्याट छलीमा सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध एक अर्ब बढीको ठगी मुद्दा

149


छिनछिन खबर
काठमाडौं
–विभिन्न व्यक्तिको नाममा नक्कली फर्म खडा गरी ठगी गरेको अभियोगमा प्रोकरस इन्टरेनसनका सन्चालक सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध राजश्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी फर्महरुको बैंक खाता सञ्चालन गर्ने १० जनाविरुद्ध १ अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ बराबरको बिगो दावी गर्दै विभागले मुद्दा दायर गरेको हो ।

नक्कली भ्याट बिल बनाउनेमा प्रोकरस इन्टरनेसनल, आरके एस इन्टरेनसनल प्रालि, अनन्या इन्टरनेसनल, इन्टरसिटी इन्टरनेसनल, ब्लुक्रस टे«डर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेसनललगायत छन् ।
विभागका अनुसार मिश्रले मात्रै ९ वटा भ्याट नम्बर लिएको पाएएको छ । विभागले मिश्रविरुद्ध भ्याट तर्फ ३४ करोड ८ लाख ५४ हजार ४०४, आयकर तर्फ ६४ करोड ८९ लाख १८ हजार ८५ र लाभांशतर्फ ५ करोड २७ लाख २७ हजार १३९ बिगो कायम गरेको छ । यस्तै, उमाशंकर सहनीले २ वटा भ्याट नम्बर प्रयोग गरेका छन् । विभागले सहनीविरुद्ध भ्याटतर्फ ११ करोड ६३ लाख १९ हजार ६१२, आयकरतर्फ १९ करोड ५६ लाख ७७ हजार ८९५ र लाभांशकर तर्फ २ करोड ८६ लाख ६० हजार ६२४ बराबरको बिगो दावी गरेको छ । कूल गरी ३४ करोड ६ लाख ५८ हजार १३१ रहेको छ ।

सञ्जय भन्ने जयककिशोर साहको ४ वटा भ्याट नम्बर देखिएको छ । विभागले साह विरुद्ध भ्याटतर्फ १६ करोड ७५ लाख ३८ हजार ८८४, आयकरतर्फ ३० करोड ७६ लाख ७३ हजार ३१ र लाभांशतर्फ ३ करोड ४ लाख ६० हजार ९९५ बराबरको बिगो दावी गरेको छ । कूल गरी ५० करोड ५६ लाख ७२ हजार ९१० बिगो दावी गरिएको छ । परमेश्वर साहको विभिन्न ४ कम्पनीको नाममा ४ वटा भ्याट नम्बर प्रयोग भएको विभागको विवरणमा उल्लेख छ । विभागले साह विरुद्ध समेत ५० करोड ५६ लाख ७२ हजार ९१० बराबरको बिगो दावी गरेको छ । विभागले मतियारको रुपमा रहेका तोयानाथ अधिकारीविरुद्ध १४ करोड ३१ लाख ७७ हजार ८५२ बराबरको बिगो दावी गरेको छ ।

Womui
Womui