डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित

56


वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट दोस्रो पटक महाअभियोग पारित हुने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ । सिनेटले पनि महाअभियोग पारित गरे उनी आगामी निर्वाचनमा चुनाव लड्नबाट वञ्चित हुनेछन् । संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो ।

महाअभियोग प्रस्तावमा ट्रम्पको रिपब्लिकन पार्टीका १० सांसदले पनि मतदान गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पको कार्यकाल सकिए पनि सिनेटले उनीविरूद्धको महाअभियोग अघि बढाउन सक्नेछ । उनको कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । यसअघि गत वर्ष ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो । त्यतिखेर तल्लो सदनबाट प्रस्ताव पारित भए पनि सिनेटले उनलाई सफाइ दिएको थियो । यसपालि सिनेटमा पनि डेमोक्र्याटहरूको बहुमत छ ।
एजेन्सी

Womui
Womui