पूर्वमन्त्री यादवको निधन

133

नेपालगन्ज–पूर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ ।  नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका यादवको उपचारका क्रममा बिहीबारबिहान २:३० बजे निधन भएको थियो ।

पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उप उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका यादवलाई १३ पुषमा हेलिकप्टरमार्फत काठमाडौं को ग्राण्डी अस्पताल लगिएको थियो । मधुमेहबाट ग्रसित यादवको वाइपास सर्जरी समेत गरिएको थियो ।

Womui
Womui