प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति फन्दामा

36

नेपालगन्ज, भदौ २६–
प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपालगन्ज–८ निवासी लियाकत अलि खाँलाई २० हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो । आफ्ना मान्छेलाई छुुटाइदिन माग गर्दै वडा प्रहरी कार्यालय नेपालगन्ज पुगेका खाँले शुक्रबार घुस बापत रुपैयाँ बुझाउन खोजेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी इन्चार्ज दीपेन्द्रकुमार पालले बताए ।
मानब बेचबिखन सम्बन्धी अभियोगमा वडा प्रहरी कार्यालयले पाँच जना व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । नेपालगन्ज–७ फुलटेक्रास्थित गौरीदेबी डाँगीको घरबाट कोहलपुर–५ निबुवाका रम्भा नेपाली, खहरे–७ काँभ्रे घर भएका बिना गुल्मी, दैलेख निवासी सिमा सुनार, नेपालगन्ज–१७ का मकबुल सल्मान र बर्दिया, बनगाई–६ का सरु परियारलाई पक्राउ गरेर ल्याएपछि खाँ उनीहरुलाई छुटाउन २० हजार रुपैयाँ बोकेर प्रहरी कहाँ पुगेका थिए । केहीदिन देखि शंकास्पद गतिविधी देखेपछि प्रहरीले पाँच जनालाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

Womui
Womui