भारतीय शेयर बजार नयाँ उचाइमा, नेपालको के होला ?

22


काठमाडौं–भारी विदेशी लगानीका कारण भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाईमा पुगेको छ । सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा कारोबार भइरहेको छ ।

यसैगरी निफ्टी इन्डेक्स पनि २३.५५ अंकको बढोत्तरीका साथ १३ हजार ८९६.७५ को बिन्दुमा कारोबार भइरहेको छ । कारोबारका क्रममा सेन्सेक्सले ४७ हजार ५८६.७४ र निफ्टीले १३ हजार ९६७.६० को स्तर छोएको थियो । बजारमा बढोत्तरीसँगै बीएसइमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण पनि १८६.९५ लाख करोड रुपए पुगेको छ ।

सुरुवातमा बजार पूँजीकरणले १८८ लाख करोड रुपएको स्तरलाई छोएको थियो । नेपालमा भने अहिलेसम्म अनुमान गरिए अनुसार शेयर बजार वृद्धि हुन सकेको छैन । छिमेकी मुलुक भारतमा सेयर बजार वृद्धि हुँदै गएपछि नेपालमा पनि वृद्धि हुने अपेक्षा भने गरिएको । एजेन्सी

Womui
Womui