‘विपन्न वस्तीमा देखिएको परिवर्तन’

166

खजुरा–बर्दियाको सीमानसँग जोडिएको छ बाँके खजुराको न्याउली वस्ती । जहाँ अधिकाश मानिसको आयस्तर निम्न छ । खजुरा गाउँपालिका–१ मा पर्ने न्याउली वस्तीका धेरै मानिसलाई दैनिक गुजारा चलाउन समस्या छ । दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका छन यहाँका जनता । संघर्षपुर्ण जीवन बिताइरहेका मानिसलाई कोरोनाले झन समस्या थपिदियो । समस्यासँग जुधिरहेका न्याउलीडाँडाका जनताले पछिल्लो समय आफनो जीवनमा परिवर्तन भएको महशुस गरेको बताएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र अक्सफाम नेपालको साझेदारीमा संचालित ‘स्वच्छताका लागी व्यवहार परिवर्तन’ परियोजना अन्तर्गत सामुदायिक स्तरमा अनुभव आदान–प्रदान कार्यक्रम सहभागी भएका महिलाहरुले आफुहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको विकास भएको बताए ।
खजुरा–१ न्याउलीडाँडा निवासी रमेली थापाले अक्सफामको सहयोगमा बी–ग्रुपले संचालन गरेको कार्यक्रमले आफुहरुको व्यवहार परिवर्तन गरेर अगाडी बढन हौसला दिएको बताइन । उनले भनिन, ‘बी–गु्रपका बहिनीहरुले धेरै राम्रो कुरा सिकाउनु भएको छ । कसरी हात थुने । महिनावारी हुँदा के गर्ने भन्ने सिकाउनु भयो । साबुन पानीले हात थुने तरिका सिकाउनु भएको छ । साबुन नभएको बेला खरानीले भएपनि थुने बानी गर्नु पर्छ भन्ने मैले सिके ।
न्याउलीडाँडाकै रेश्मा थापा गरिब वस्तीलाई छनोट गरेर बी–ग्रुपले गरेको कार्यक्रमले राहत पुगेको बताइन । उनले आफनो अनुभव सुनाउने क्रममा भनिन,‘पिडडिएको वर्ग भएको गाउँ हो न्याउलीडाँडा । कोरोनाले त झन धेरै समस्या थपेको छ । राहत दिदाँ बी–ग्रुपले दुखी गरिबलाई छनोट गरेर दिनु भयो । हामी खुसी छौं । राहत पनि पायौं । कोरोनासँगै अन्य रोगहरुबाट कसरी बच्ने भन्ने सिक्यौं ।’
आफना अनुभव सुनाउँदै गर्दा रेश्मा गाउँमा रोजगारीको समस्या प्रमुख रहेको बताइन । उनले थपिन,‘हाम्रो गाउँमा रोजगारी नपाएर धेरै मानिस घरमै बसेका छन । बिहान बेलुकाको छाक टार्न पनि गाह्रो छ । हामीलाई रोजगारीको समस्या छ । यस्तो गाउँमा बी– गुपले हामीलाई थोरै भएपनि सहयोग गरेको छ । स्वास्थ्यका बारेमा धेरै कुरा सिकाएको छ । यसले हाम्रो बानीमा परिवर्तन भएको छ ।’
स्वच्छताका लागी व्यवहार परिवर्तन परियोजना न्याउली डाँडामा जस्तै खजुरा गाउँपालिका–२ को सत्याल टोलमा परिवर्तनमा सहयोग बनेको छ । सत्याल टोलीमा करिब ३२ घरधुर छन । यहाँको पनि प्रमुख समस्या रोजगार हो । यहाँका जनतालाई आफनो आर्थिक अवस्था सुधार गर्न निकै कठिन भैरहेको छ । पिछडिएको वस्तीका मानिसमा परियोजनाले सामाजिकसँगै स्वास्थ्य सम्बन्धी ज्ञानको आदान–प्रदान गर्न सहयोग गरेको बताउँछिन सत्याल टोलकी पानमती सुनार ।
लैंगिक हिंसाको सिकार आफु पनि भएको उनले बताईन । पानमती भन्छिन,‘लैंगिक हिंसाको सिकार म पनि हुँ । मेरो आमाले ६ वटा छोरीको जन्मदिएपछि बुबाले अर्को बिवाह गर्नु भयो । यसमा मेरो आमाको के दोष थियो । छोरीलाई जन्मदिदाँ अझै पनि हाम्रो समाजले हेलाको दृष्टिले हेर्छ । यसमा परिवर्तन हुनु पर्छ भन्ने चेतनामा हामीमा छैन । यसको बारेमा पनि बी–ग्रुपका बहिनीहरुले सिकाउनु भयो ।यसले पक्कै पनि आगामी दिनमा हाम्रो टोलीमा सुधार गर्न सहयोग गर्नेछ ।’
महिनावारीको बारेमा पनि समाजमा अझै चेतनाको कमी भएको सत्यालले बताइन । उनले भनिन,‘थोरै समयमा पनि हामीले धेरै कुरा सिक्ने अवसर पायौं । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनु पर्छ । तर अझै पनि हाम्रो समाजमा महिनावारी हुँदा केहि समस्या आए देउतालाई सुकेन भन्छन । महिनावारी त महिलाको प्राकृतिक कुरा हो । यसमा देउतालाई सुक्दैन भन्नु हाम्रो भ्रम हो ।’
पानमतिकी छिमेकी हुन सत्याल टोलकी सुस्मिता सत्याल । बी–ग्रुपको कार्यक्रमले आफना बच्चाहरुलाई स्वस्थ राख्ने ज्ञानको बारेमा सिकेको बताउँछिन सुस्मिता । उनले भनिन,‘धारा चलाएर हात थुन केटाकेटीलाई गाह्रो हुने गरेको थियो । बाल्टिन पाएपछि हात धुनका लागि सजिलो भएको छ । पहिला पनि हामीले हात त धुने गरेका थियौं तर कसरी धुदा प्रभावकारी हुन्छ भन्ने थाहा थिएन । फोहोर सामान छोएपछि र शौचालय गएपछि मात्र हात धुने गरेका थियौं । तर अहिले घर बाहिर गएर फर्किएपछि हात धुनु पर्छ भन्ने सिकियो ।’
विपन्न र समुदायमा पछि परेका वर्गलाई समेटेर कार्यक्रम संचालन गरिएको बताउँछिन स्वच्छताका लागी व्यवहार परिवर्तन परियोजना संचालन गरिरहेको बी–ग्रुपकी जनस्वास्थ्य प्रर्वधन अधिकृत दुर्गा पन्थी । यसले गरिब र समस्यामा परेका मानिसको स्वास्थ्य अवस्थालाई सुधार गर्ने विश्वास लिएको पन्थीले बताइन ।
परियोजनाले लैगिंक हिंसाको न्युनिकरण गर्दै समाज विकासमा महिला पुरुषको सहभागिता समान हुनु पर्छ भन्ने चेतनाको विकास गर्न सहयोग गरेको बताउँछन लैंगिक अधिकृत सोम गुरुङ ।
शनिबार भएको सामुदायिक स्तर अनुभव आदान–प्रदान कार्यक्रम उत्कृष्ट बोल्ने महिलाहरुलाई बी–गु्रपले सम्मान समेत गरेको थियो । संस्थाको तर्फबाट दुर्गा र सोमले सम्मान गरेका थिए । (कालपृष्ठ दैनिक)

Womui
Womui