विकटतामा चम्किएको स्वास्थ्य केन्द्र

334

राप्तीसोनारी–बाँकेको दुर्गम क्षेत्र राप्तीसोनारी स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विषयमा कमजोर मानिन्छ । भौतिक पूर्वाधारले पनि पिछडिएको छ, तर यहाँ केही उदाहरणीय काम भएका छन् । जुन समाजका लागि प्रेरणादायी छन् ।
राप्तीसोनारी –४ को स्वास्थ्य सेवा केन्द्रमा धेरै कुराको अभाव छ । तर अभावबीच एक्लो स्वास्थ्यकर्मीले धानेका छन् स्वास्थ्य सेवा केन्द्र । अति विकट गाउँ मानिने गुदनगौडीमा रहेको स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्यकर्मी धनबहादुर थारुले सञ्चालन गर्दै आएका छन् ।
यातायात बाटो सञ्चारको सुविधा नै नभएको गुदनगौडीमा राप्तीसोनारी गाउँपालिकाले त्यहाँका स्थानीय बासिन्दाका लागि स् वास्थ्य सेवा केन्द्र स्थापना गरिदिएको थियो । गुदनगौडी स्वास्थ्यचौकीले खयरभट्टी, महेशपुर, बाँसखोली, झुरुवालगायत आधा दर्जन गाउँका स्थानीयलाई सेवा दिँदै आएको छ । अहेब थारुले नै गाउँमा स्वास्थ्य सेवा दिँदै आएका छन् ।
आठ सय बढी जनसंख्या भएको गाउँमा एकजना अहेब थारुले गुदनगौडी स्वास्थ्य सेवा केन्द्रबाट दिनमा पचासौं बिरामीको स्वास्थ्य जाँच गर्दै आएको बताए ।
नेपाल सरकारको अवधारण अनुसार प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी हुनु पर्ने भएकाले पनि स्थानीयको सुविधालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य चौकी स्थापना गरेको हो । तत्कालीन बैजापुर स्वास्थ्य चौकी अहिलेको राप्तीसोनारी अस्पताल पुग्नै तीन घण्टा लाग्ने भएकाले करिब दुई वर्षदेखि गुदनगौडीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । गुदनगौडी स्वास्थ्य केन्द्रमा चाहिने औषधि राप्तीसोनारी गाउँपालिका र राप्तीसोनारी अस्पतालबाट उपलब्ध गराइँदै आएको अस्पताल प्रमुख डा. गोबिन्द थारुले बताए । ‘राप्तीसोनारीको विकट गाउँमा स्वास्थ्यकर्मी धनबहादुर थारुले दिन रात सेवा दिँदै आएका छन्,’ डा. गोविन्द थारुले भने । स्वास्थ्य केन्द्रबाट खोपलगायत अन्य सामान्य सेवा दिँदै आएको डा. थारुले बताए । डा.थारुले स्वास्थ्य केन्द्रको अवलोकन गर्दै आवश्यक सामग्री उपलब्ध गराइने जानकारी दिए ।
सञ्चार र यातायातको सविधाबिना पनि त्यस क्षेत्रका स्थानीयलाई सेवा दिन एकदमै गाह्रो रहेको अहेब थारुले बताए । महिलाहरु समस्या लिएर आउने हुँदा महिलाको समस्या बुझ्ने महिला स्वास्थ्यकर्मी आवश्यक रहेको उनले बताए । राप्तीसोनारी अस्पताल सञ्चालनमा आइसकेकाले अब भने केही सजिलो हुने अपेक्षा गरिएको छ । अहिले गुदनगौडीबाट राप्तीसोनारी पुग्न या त जंगलको बाटो भएर जानु पर्छ या त भारतको बाटो प्रयोग गर्दै नरैनापुर गाउँपालिका भएर पुग्नु पर्छ । गाउँमा बाटो पु¥याउन सम्बन्धित निकायले ध्यान दिने स्थानीयबासीको अपेक्षा छ । (कालपृष्ठ दैनिक)

Womui
Womui