अख्तियारका पूर्व प्रमुखलाई थुनामा राख्न आदेश

125
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीपकुमार बस्न्यात ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीपकुमार बस्न्यातलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । लुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका बस्न्यातलाई बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित गराई लिइएको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो। बस्न्यातलाई तत्कालीन समयमा भौतिक मन्त्रालयका सचिवको हैसियतले अख्तियारले अभियुक्त बनाएको थियो। बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

गत वर्ष २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर भएको थियो । केही दिनअघि अभियोग लागेका तत्कालीन मन्त्री चन्द्रदेव जोशी अदालतमा हाजिर भएका थिए। उनलाई भने अदालतले साधारण तारेखमा छोडेको थियो।

Womui
Womui