पायनियर सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

90

बाँके–पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालगन्जमा भएको साधारणसभाको उद्घाटन नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगरले गरेकी थिइन । उपमेयर थापाले सहकारीले आगामी दिनमा बचत र ऋण लगानीमात्र नभएर नयाँ ढंगले सोच्नु पर्ने बताइन । सहकारीले सामाजिक क्षेत्रको आवश्यकतालाई बुझेर काम गरे उद्देश्य पुरा हुने थापाले भनाई राखिन । उनले भनिन्,‘सहकारीको महत्व कति छ भनेर मैले बुझेकी छु । कुनै बेला मैले सहकारीबाटै आफनो ब्यक्तिगत क्षमताको विकास गर्ने अवसर पाएको थिए । बचत संकलन गर्ने कर्मचारीबाट मैले काम गरेको थिए । त्यसले मलाई सामाजिक क्षेत्रमा मानिससँग चिनजान गर्ने अवसर दियो । यसले मेरो व्यक्तिगत करियरमा फाइदा पुगेको छ ।’

सहकारीले थोरै लगानीमा पनि व्यावसाय सुरु गर्न सक्ने सम्भावना बढाएको उपमेयर थापाले बताइन । उनले भनिन,‘सहकारीले बचत गर्ने बानिको विकास गर्छ । सानो लगानीमा पनि हामीले व्यावसाय सुरु गर्न सक्छौं ।’ पछिल्लो समय सहकारी विश्वस्नीयतामा प्रश्न गर्ने गतिविधि भएपनि पायनियरले सफलताले सहकारी क्षेत्रमा नयाँ विश्वास जगाएको थापाले भनाइ राखिन । उनले भनिन, ‘बाँकेमा धेरै पुराना सहकारीले सेयर सदस्यको बचतलाई हिनामिना गरेका छन । सहकारी चल्नको लागि कर्मचारी, सेयर सदस्य र संचालक समितिले सहकारीलाई आफनो हो भनेर काम गर्नु पर्छ । एकले अर्कालाई सहयोग नगरे सहकारी चल्न सक्दैन । अहिले त झन प्रतिस्पर्धा छ । नयाँ सोचले अब सहकारी चल्नु पर्छ ।’ साधारणसभामा संचालक समितिको तर्फबाट पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष शशि स्वारले प्रतिवेदन प्रस्तुत गरेकी थिइन । पायनियरका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद खनालले प्रगति विवरण तथा आगामी वर्षका योजना तथा कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष स्वारले उपमेयर थापालाई सम्मान गरेकी थिइन । सहकारीको क्षेत्रबाट करियर सुरु गरेर राजनिकि रुपमा सक्रिय भएर काम गरेको भन्दै थापालाई सम्मान गरेको स्वारले बताइन । यसैगरी सहकारीले आर्थिक वर्ष २०७६–७७ मा ४ लाख ९७ हजार ७ सय ७६ रुपैयाँ आम्दान गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी गराए । ७ सय ५४ सेयर सदस्य रहेको सहकारीले आगामी वर्षमा २ हजार १ सय १० सेयर सदस्य संख्या पु¥याउने लक्ष्य लिएको छ । यसैगरी ६५ लाख ७३ हजार १ सय सेयर पुँजीलाई आगामी आर्थिक वर्षमा १ करोड पु¥याउने, हालको ११ करोड ६८ लाख ८४ हजार ९ सय ८६ रुपैयाँ निक्षेप संकलनबाट २६ करोड ६० लाख, ३२ हजार ८ सय ६ रुपैयाँमा लग्ने योजना रहेको सहकारीले बताएको छ । त्यस्तै कर्जा लगानी तर्फ ४ करोड ५५ लाख ६७ हजार ६ सय ३ रुपैयाँबाट आगामी आर्थिक वर्षमा ७ करोड ७५ लाख सम्म गर्ने कोषाध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यक्ष स्वारले पायनियर सहकारीले कोरोनाको संकटको बेला पनि आफनो क्षमताअनुसार उत्कृष्ट काम गर्ने प्रयास गरेको बताइन । उनले भनिन,‘समुन्नत समाज निर्माणको लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । हामीले समुदाय स्तरमा जनताको आर्थिक स्तर बढाउन सक्दो प्रयास गरेका छौं । भविष्यमा पनि सहकारीले सामाजिक र आर्थिक क्षेत्रको विकासमा योगदान गर्नेछ ।’ अध्यक्ष स्वारले सहकारीको रणनीतिक योजना सार्वजनिक गर्ने क्रममा बाँकेका ३५ गाविसलाई लक्षित गरेर सेवा संचालन गर्ने, अशिक्षा, गरिबी, बेरोजगारी जस्ता समस्या कम गर्नका लागी आर्यआर्जनको व्यवस्था मिलाउने, युवा शंक्तिको परिचालन गरी देशलाई उत्पादशील क्षेत्रमा अगाडी बढाउने, बैक, संघ, लद्यु वित्त, सरकारी तथा गैर सरहकारी संघ संस्थाको सहभागितामा दिगो कृषिका लागि बचत संकलन तथा परिचालन गर्ने, सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिमको आयोजना गर्ने योजना रहेको बताइन । संस्थापक सदस्य तथा कार्यक्रम संचालक मिना सुवेदी ढकालले संचालन गरेको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले आगामी वर्षमा सार्वजनिक एम्बुलेन्स सेवा संचालन गर्ने र सहकारीको आफनै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लगायतका योजना रहेको बताए ।

Womui
Womui