नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ओलीको प्रस्ताव, अर्को महाधिबेसनपछि प्रधानमन्त्री र अध्यक्ष नबन्ने घोषणा

110


छिनछिन खबर
काठमाडौं–
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष पुष्पकमm दाहालले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिँदै ओलीले त्यागको यो सिलसिला आजैबाट सुरु गर्न भनेका छन् । उनले त्यसका लागि दाहाल तयार हुने कि नहुने भन्ने प्रश्न पनि गरेका छन् ।

उनले आगामी महाधिवेशनबाट आफू अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी स्थायी समिति बैठकमै गराइसकेको बताउँदै नेतृत्व परिवर्तनको चलखेल नगर्न दाहाललाई चेतावनी दिएका छन् । ‘यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ? तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ?’, ओलीले भनेका छन् ।

ओलीले दाहालले आफूमाथि ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाएको आरोप अस्वीकार गरेका छन् । यस्तै आफूमाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा ‘अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु प्रच्ण्डले प्रस्तावमा लगाएको प्रति पनि असन्तुष्टि जनाएका छन् ।

Womui
Womui