परम्परागत कला, संस्कृतिमा धनी नगरपालिका

193

भेरीगंगा नगरपालिकाका प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, माघी, घोडे नाच पर्व, लहरे नाच पर्व, तीज, होली, चैतेदशैं रहेका छन् । यस नगरपालिकामा परम्परागत तथा सांस्कृतिक रूपले विभिन्न चाडपर्व, मेला, तथा नाचगानहरू मनाउने गरेको पाइन्छ । यस नगरपालिकामा मनाउने चाडपर्व, जात्रा र मेला, स्थान तथा मनाउने समय वडागत रूपमा फरक रहेको छ ।
विभिन्न जातजाति तथा धर्मवालम्बीहरूको बसोबास रहेको यस नगरपालिकामा मुख्यतया दशंै, तिहार, माघी, तीज, गौरा पर्व, जनैपूर्णिमा, बुद्धजयन्ती, तमुल्होसार, क्रिसमसडेलगायतका चाडपर्वहरू मुख्य रूपमा मनाइन्छ । यहाँ मनाइने मुख्य चाडपर्व, जात्रा, मेलाहरू दर्जनौ रहेका छन् । भेरीगंगा १ मा बसेरीमा गर्रा नाँच प्रचलित रहेको छ । सोरठी नाच भेरीगंगा ८ मा प्रचलित रहेको छ । यस्तै वडा नम्बर ७ र ६ वडा मैनतडा दशैं तिहारमा सिगारु नाच नाचिन्छ । मैनतडामा दशैं तिहार सिगारु नाच प्रसिद्ध रहेको । वडा नम्बर ११ मा घोडेजात्रा रामघाट बजार दशैंको नजिक हुने गर्छ । वडा नम्बर १२ मा राजी नाच असोज महिनामा नाचिन्छ । यस्तै यो नगरपालिकामा बबई गेरुवानी मेला, मुलपानी मेला मुलपानी तिज, छेलो फाल्ने मैनतडा भदौ १२, मेला छिन्चु जेठको पूर्णिमा लाग्ने गर्दछ । नवरात्रीमा मेला, दुर्गा मन्दिर, नवरात्रि, देवति मन्दिरमा जात्रा देउती मन्दिर जेष्ठ, देवति मन्दिरमा जात्रा, देउती बज्यै मन्दिर मंसिर पूर्णिमा, भगवती माईको मेला वडा न.१३ दशैं, घोडे जात्रा वडा न.१३, शिवरात्रि मेला वडा न.१३ शिवरात्रिमेला वराह डाँडा, शिवरात्रि मेला जहरे शिवरात्रि, कालिका मन्दिर बाहुने चौर भदौमा मेला लाग्दछ भने बबई गेरुवानी मेला, गेरुवानी कार्तिक मेला लाग्दछ ।

यस नगरपालिकामा रहेका प्रमुख नदीहरूमा भेरी नदी, बबई नदी, गोचे खोला, छिन्चुखोला, मुरली खोला, झिङ्गनी खोला तथा नाच्ने खोलाहरू रहेका छन् । यहाँ खासै उल्लेखनीय ताल रहेको छैन । पर्यटकीय, सांस्कृतिक र मनोरम स्थलहरू नगरपालिकाभित्र धार्मिक स्थलमा गंगामाला, देउती बज्यै, दुर्गा मन्दिरलगायत अन्य मन्दिरहरू रहेका छन् । यस नगरपालिका भित्र क्षेत्री करिब ४३ प्रतिशत र दलित करिब ३३ प्रतिशत रहेको पाइन्छ । विभिन्न पहाडी जिल्लाबाट बसाइँसराइ गरेर आएका मानिसहरूको समेत बसोबास रहेको यस नगरपालिकामा जातिगत विविधता रहेको पाइन्छ । यस नगरपालिकामा ठूलो संख्या पहाडीमूलका ब्राह्मण, क्षेत्री, ठकुरीको बसोबास रहेको पाइन्छ भने दलितहरूको संख्या पनि उल्लेख्य रहेको छ । धर्मका आधारमा जनसंख्याको वर्गीकरण गर्दा यस नगरपालिकामा हिन्दू, बौद्ध तथा क्रिश्चियन धर्मावालम्बीहरूको बसोबास भएको पाइन्छ । तीमध्ये ९६.८८ प्रतिशत हिन्दू धर्म मान्नेजनसंख्या रहेको छ । यस नगरपालिका भित्र केहि पर्यटकीय क्षेत्रहरू पनि रहेका छन् । यिनीहरू विकास र प्रवद्र्धन गर्न सकेमा नगरपलिकाको आर्थिक विकासमा योगदान पुग्न सक्ने देखिन्छ ।

Womui
Womui