विद्यालय सञ्चालन गर्न कार्यढाँचा बन्यो

133

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ । कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ ।

कार्यढाँचामा विद्यालय र स्थानीय तहलाई फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कक्षा कोठा बनाउन निर्देशन दिएको छ । आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत समेत गर्नु पर्ने भएको छ ।


विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नु पर्ने कार्यढाँचामा लेखिएको छ ।

स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

कोरोना भाइरसको महामारीका कारण करिब ७ महिनादेखि स्कुल बन्द छन् ।

Womui
Womui