पटका पड्काउने ४१ जनालाई प्रहरीले समात्यो

145

विराटनगर–समाज शान्ति सुरक्षा बलल पुर्‍याउने गरी पटका पड्काउने ४१ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको हो । सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि  पटका बिक्री वितरण, ओसारपसार एवम पड्काउन निरुत्साहित गरिरहेको अवस्थामा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

Womui
Womui