डा. केसीको अवस्था नाजुक, बाँकेमा जीवनरक्षाका लागि मौन प्रार्थना

54

काठमाडौं– चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक  डा. गोविन्द केसीको जुम्लाबाट सुरु गरेको १९ औं आमरण अनसन पछिल्लो २२ दिनदेखि जारी छ । यो अवधिमा उनको अवस्था नाजुक बन्दै गएको छ । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । डा. गोविन्द केसीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ। छाती, मांसपेशी दुख्‍ने समस्या देखिन थालेको छ । भोक र कमजोरीले रिँगटा लाग्ने समस्या भएको छ ।

शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कमी भएको समेत चिकित्सक सहयोगीहरुले जनाएका छन् । उनको मुटुको चाल घटबढ हुन थालेको छ । डा. केसीलाई अक्सिजनको साहारामा राखिएको छ । उनी शिक्षण अस्पतालमा आमरण अनसनमा छन् ।

डा. केसीको मागमा गम्भीर हुन र उनको ज्यानमा कुनै पनि प्रकारको क्षति भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा हुने चेतावनी कांग्रेस नेता गगन थापाले दिएका छन् ।

यसैबीच डा. केसीको जीवनरक्षाका लागि बाँकेको नेपालगन्ज र कोहलपुरमा मौन प्रार्थना र दीप प्रज्जवल गरिएको छ । स्थानीय भोजराज शर्मा र बस्नतकुमार उपाध्यायको अगुवाइमा स्वस्फूर्त जम्मा भएका स्थानीयले नेपालगन्जको धम्बोझीचोकमा मौन प्रार्थना र दीप प्रज्वलन गरेका छन् भने प्रजातान्त्रिक उद्योग व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा पनि मौन प्रार्थना र्‍याली र दीप प्रज्जवलन कार्यक्रम गरिएको छ ।

Womui
Womui